रियल म्याड्रिडले च्याम्पियन्स लिगमा जितको लयलाई कायमै राखेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युक्रेनियन क्लब साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले लगातार तेस्रो जित निकालेको हो ।
रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले एकएक गोल गरे भने साख्तारका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काए ।
समूह 'एफ'मा रहेको रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको साख्तारको ४ अंक छ ।































प्रतिक्रिया