प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला गठबन्धनको एक मुख्य घटक जसपा अध्यक्ष उपेन्द्र यादव भने बालकोट पुगेका छन् ।
गठबन्ध्न दल यादवलाई बालुवाटारमा कुरीरहेका बेला यादव भने बालकोट पुगेका हुन् । गठबन्धनमा चित्तबुझ्दो सिट नपाएपछि रुष्ट बनेका यादवले एमालेसँग चुनावी तालमेलको तयारी गरेका हुन् । गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिइएपछि यादव एमालेसँग संवादमा थिए । आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको स्रोतको दाबी छ ।
अपराह्नदेखि एमाले र जसपाबीच चलेको वार्ता सहमति उन्मुख भएको बालकोट स्रोतले जनाएको छ । यसअघि नै जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने अनौपचारिक सहमति भइसकेको थियो । सोही अनौपचारिक सहमतिलाई औपचारिकता दिन दुई पक्षबीच छलफल भएको बताइएको छ ।































प्रतिक्रिया