काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभबीच शिष्टाचार भेटघाट भएको छ ।
मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सना र नेपालका लागि राजदूत नोबिकोभबीच औपचारिक भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताए । भेटका क्रममा राजदूत नाबिकोभले नेपालको पर्यटन, उर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको बताए । नेपाल सरकारले विधिवत ढंगले प्रस्ताव ल्याए आफुले रुसी सरकारसँग पु¥याउने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता राजदूतले व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाले बताए ।
भेटमा दुई देशबीच कोरोना महामारी नियन्त्रणको लागि गरिएका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो । अध्यक्ष तिमिल्सिनाले रुसले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरी परीक्षण सफल गरेकोमा धन्यवाद दिदै छिट्टै नै विश्व स्वास्थ्य संगठनको मान्यता पाउने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया