कतार विश्वकप मेरो करियरको अन्तिम संस्करण हुनेछ : लियोनल मेस्सी

कतार विश्वकप मेरो करियरको अन्तिम संस्करण हुनेछ : लियोनल मेस्सी

केन्द्रबिन्दु
0
Shares

मेस्सीले नोभेम्बर–डिसेम्बरमा हुने कतार विश्वकप आफ्नो करियरको अन्तिम संस्करण हुने पुष्टि गरेका छन् । 

पूर्व क्लब बार्सिलोनासँग आफ्नो सम्भावित पुनर्मिलनबारे कुराकानीका बीच अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले राष्ट्रिय टिममा आफ्नो भविष्यको बारेमा यति ठूलो निर्णय गरेका हुन । ३५ वर्षिय अर्जेन्टाइन स्टारले विश्वकप बाहेक लगभग सबै पुरस्कार, कप, ट्रफीहरू जितिसकेका छन् । नोभेम्बर– डिसेम्बरमा हुने विश्व कपमा उनी अर्जेन्टिनाका लागि सो ट्रफी जिती विश्वकप ट्रफिको भोकलाई सान्त पार्नेछन् । यो पटक सो ट्रफि जित्ने उनको अन्तिम अवसर पनि हो । 

पत्रकार सेबास्टियन भिग्नोलोसँग कुरा गर्दै मेस्सीले भने, “मलाई थाहा छैन हामी विश्वकप ट्रफिको उत्कृष्ट उम्मेदवार हो वा होइनैँ । तर अर्जेन्टिना सधैं नै ट्रफिको उम्मेदवार रहदै आएको छ । यसको अर्थ यो होइन की ट्रफि जित्ने टोली मध्ये शिर्षमा पर्छौं । तर हामी ट्रफिको धेरै नजिक छौं ।”

पत्रकार सेबास्टियन भिग्नोलाले थप सोध्दछन् जहाँ उनले यो विश्वकप मेसीको अन्तिम विश्वकप हो भन्दा ? मेस्सीको जवाफ थियो, “हो, पक्कै हो ।”

आठ वर्षअघि अर्जेन्टिना २४ वर्षपछिको लामो अन्तरालमा पहिलो पटक फाइनल पुगेको थियो । तर, अतिरिक्त समयमा जर्मनीका खेलाडी मारियो गोट्जेको गोलले मेसी र अर्जेन्टिनालाई विश्वकपको ट्रफि देखि बाहिर ढकेलेको थियो । अर्जेन्टिना सन् २०१८ को विश्वकपको अन्तिम १६ बाटै बाहिर निस्किएको थियो । जसमा उसका लागि बाधा यरो च्याम्पियन फ्रान्स थियो । यो पटक कतारमा हुने विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा परेको छ । उसको समुहमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।  

Skip This
Skip This
Logo