नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । 

विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो प्रक्षपण गरेको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२÷२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले भने ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ । 

बजेटमार्फत यस आवमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थीर रहने अपेक्षा गरिएको विश्व बैंकको भनाइ छ । विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ । 
 

Skip This
Skip This
Logo