जेनेभा बैठक : चीनका उइगुर मुस्लिमको मानवअधिकारबारे बहस गर्ने प्रस्तावको विपक्षमा नेपाल

जेनेभा बैठक : चीनका उइगुर मुस्लिमको मानवअधिकारबारे बहस गर्ने प्रस्तावको विपक्षमा नेपाल

केन्द्रबिन्दु
0
Shares

जेनेभामा सम्पन्न मानव अधिकार परिषद्को बैठकमा नेपाल चीनको पक्षमा उभिएको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा बिहीबार सम्पन्न मानव अधिकार परिषद्को बैठकमा चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम उइगुरमाथि मानव अधिकार हनन भएको प्रस्तावमाथि थप छलफल अघि बढाउने कि नबढाउने भन्ने सन्दर्भमा भएको मतदानमा नेपालले चीनको पक्षमा मतदान गरेको हो । 

एक चीन नीतिमा प्रतिबद्ध नेपालले उसको आन्तरिक मामिलामा नेपालको अर्को छिमेकी देश भारत तटस्थ रहे पनि बेइजिङको पक्षमा उभिएर मतदान गरेको हो । नेपालसहित १९ मुलुकहरूले चीनको समर्थनमा सो प्रस्तावमा मतदान गरेका हुन् । घरेलु मुलुक चीन र नेपालसहित दक्षिण एसियाको अर्को मुलुक पाकिस्तान, भेनेजुएला, उज्वेकिस्तान, यूएई, कतार, सुडान, सेनेगल, नामिबिया, आइभरी कोस्ट, काजाकास्तान, मौरिटानिया, नामिबिया, बोलिभिया, क्यामरुन, क्युबा, इरिट्रिया, गाबोन र इन्डोनेसियाले प्रस्तावको विपक्षमा मत दिए । 

कुल ४७ सदस्यीय मानव अधिकार परिषद्मा अमेरिकासहित १७ मुलुकले सिन्जियाङ प्राप्तमा मुस्लिम उइगुरमाथि मानव अधिकार हननको विषयलाई छलफलमा लानुपर्ने भन्दै मत दिएका थिए । मानव अधिकार परिषद्का अनुसार भारतसहित युक्रेन, मेक्सिको, मलेसिया, मलवी, लिविया, गाम्बिया, बेनिन, अर्जेन्टिना र अर्मेनिया भने मतदान गर्ने समयमा अनुपस्थित रहेका थिए । 

चीनको आन्तरिक मामिलामा नेपालको अर्को छिमेकी देश भारत तटस्थ बस्दा नेपालले किन पक्ष वा विपक्षमा मत हाल्नुप¥यो भन्ने प्रश्न उठेको छ । योसँगै नेपालको असंलग्न परराष्ट्र नीतिमाथि समेत प्रश्न तेर्सिएको हो । यसअघि पनि नेपालले चीनको आन्तरिक हङकङ मामिलामा बोलेर बेइजिङलाई खुसी पार्ने प्रयत्न गरेको थियो । 
 

Skip This
Skip This
Logo