शुक्रबार नेकपा एमालेकी निवर्तमान सांसद गंगा थारुले आसन्न संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
थरूहट तराई पार्टी नेपाल र एमालेबाट दुइ पटक समानुपातिक सांसद भएकी गंगा थारुले फेसबुक मार्फत कसैको चुनाव चिह्नमा नबस्ने बताएकी हुन ।
के हो त तर्क र वितर्कको कारण ?
आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु । जनता भगवान हुन, जनता नै सर्वपरि हुन, देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु हजुरहरुको साथ चाहिएको छ । गंगाले यस्तो स्टेटस अपडेट गरेसँगै यतिबेला सामजिक सञ्जालमै तर्क वितर्क सुरु भइसकेको छ । कारण हो, पार्टी त्याग । उनले पार्टी त्यागको कुनै औपचारिक जानकारी नै नगरी स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेकी छिन् ।
किन स्वतन्त्रबाट उठ्दै छिन गंगा थारु ?
पटकपटक संघीय निर्वाचनबाट संसदमा रहने अवसर पाएकी गंगा थारु यसपाली पनि एमालेबाट नै दाङ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने दाउमा थिइन । उनको नाम सिफारिस पनि भएको थियो तर पार्टी भने संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेद्वार बनाउने तर्खरमा लागेको छ । जसले गर्दा गंगा स्वतन्त्रबाट चुनाव लड्न लागेकी हुन । यद्यपि उनले पार्टी छोड्ने वा छोडेको भन्ने घोषणा भने गरेकी छैनन् । यसरी हेर्दा उनी बागीबाट चुनाव लड्ने देखिन्छिन् ।

थारु आफैले ६ दिन अघिमात्रै ‘सुन्दै छु माधवकुमार नेपालले चुनाव हार्ने डरले समानुपातिक बन्द सूचीको १ नम्बरमा आफ्नो नाम पेश गरेका छन रे ।’ भन्दै कटाक्ष गरेकी थिइन् । त्यतिमात्र नभएर १० सेप्टेम्बरमा ‘हामी दुई दिदीबहिनीमध्ये जसलाई पार्टीले टिकट दिएपनि एक भएर जानेछौ’ भन्दै शान्ता चौधरीसँगको तस्बिर समेत सार्वजनिक गरेकी थिइन ।’ यसरी हेर्दा गंगा आफैले आफ्नो बोलीको लाज राखेको देखिनन् ।






























प्रतिक्रिया