खोलामा बगेर अछाममा एक महिला वेपत्ता

खोलामा बगेर अछाममा एक महिला वेपत्ता

केन्द्रबिन्दु
0
Shares

खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । 

प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् । उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको छ ।

Logo