सेनाद्वारा मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठ जनाको उद्धार

सेनाद्वारा मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठ जनाको उद्धार

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौँ ल्याइएको हो । 

उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

Logo