एमालेबाट घनश्याम भुसालले प्रतिनिधि सभाको टिकट नपाउने

एमालेबाट घनश्याम भुसालले प्रतिनिधि सभाको टिकट नपाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले प्रतिनिधिसभा सदस्यको टिकट नपाउने निश्चित भएको छ । 

एमालेले रुपन्देही -३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई छाड्ने सहमति गरेपछि भूसालले टिकट नपाउने भएका हुन् । सो क्षेत्रमा यसअघिको निर्वाचनमा भूसाल नै विजयी भएका थिए । अब राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाउने तयारी गरेकाे छ ।  

भूसालले अध्यक्ष ‌केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका थिए । एमालेभित्र अन्तरसंघर्ष हुँदा भुसाल माधव नेपालनिकट थिए। नेपालले एमाले विभाजन गरेर नेकपा एस गठन गर्ने बेलामा मात्र भुसालले ओलीलाई साथ दिएका हुन्।

साथै, एमालेले १०औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिएको छैन । उनी अछाम–१ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।

Skip This
Skip This
Logo