बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । 

शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । एमालेको पोलिट्ब्यूरो सदस्य  समते रहेका ढुंगेल घरकै बाथरुममा लडेर निधन भएको एमालेका नेता नानीबाबु बुढाथोकीले जनाए । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए ।

Skip This
Skip This
Logo