नेकपा एमालेले नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ ।
जिल्लाबाट एकल सिफारिस भएपनि पार्टीले प्रतिनिधिसभामा टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन् । एमालेले रावलको ठाउँमा झपट बोहरालाई उम्मेदवार बनाएको छ ।
सामूहिक राजीनामा दिने नेताहरूले बोहराको प्रमुख आतिथ्यतामा भाद्र १९ गते रावलको नाम एकल सिफारिस भएको जिकिर गरेको छ । उनको नाम एकल सिफारिस भए पनि केन्द्रबाट टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयको बेवास्ता गरिएको नेताहरूको भनाई छ ।
तल्लो कमिटीको निर्णयविपरीत नेता, कार्यकर्ता र जनभावना विपरीत नेतृत्वले गरेको निर्णयको घोर भर्त्सना गर्दै ३८ जनाले सामूहिक राजीनामा दिएको बताएका छन् । एमाले जिल्ला अध्यक्ष चन्द्र बोहराले भने राजीनामाको विषयमा आधिकारिक जानकारी नभएको बताए ।































प्रतिक्रिया