घनश्याम भुसालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ ।
सो क्षेत्रमा यसअघिको निर्वाचनमा भुसाल नै विजयी भएका थिए । तर, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको तालमेलमा सो क्षेत्र छाड्ने भएपछि भुसालले टिकट नपाएका हुन् । राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाइसकेको छ ।
सो क्षेत्रको प्रदेशसभातर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।































प्रतिक्रिया