फलफूल तथा तरकारीकाे मूल्यः सबैभन्दा सस्ताे स्कुस, महंगाे कुरिलाे

फलफूल तथा तरकारीकाे मूल्यः सबैभन्दा सस्ताे स्कुस, महंगाे कुरिलाे

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएकाे छ ।  

स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा महंगाे रहेकाे मूल्यसूचीमा उल्लेख छ । मूल्य सूचीअनुसार स्कुस प्रतिकेजी १४ रुपैयाँ ३३ पैसा र कुरिलाे प्रतिकेजी ८०० रुपैयाँ रहेकाे छ । अदुवाको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, अमला ८५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, आभोकाडो र रातो बन्दा २७५ रुपैयाँ, रातो आलु ९८ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, मुडेको आलु ८३ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ३० रुपैयाँ, लोकल काँक्रो ५५ रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, कागती १९५ रुपैयाँ, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, तरार्य गाजर ८५ रुपैयाँ, हरियो खुर्सानी ११२ रुपैयाँ, लोकल गाजर १६३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४२ रुपैयाँ ५० पैसा र गुन्द्रुक २७५ रुपैयाँ रहेको छ । 

त्यस्तै, टनेल गोलेभेडा प्रतिकेजी २८ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १७५ रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९० रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, माछा २४६ रुपैयाँ ६७ पैसादेखि ३४६ रुपैयाँ ६७ पैसा, तामा १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवल ४५ रुपैयाँ, तुने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १७० रुपैयाँ, भिण्डी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १९० रुपैयाँ रायोको साग ११३ रुपैयाँ ३३ पैसा, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, ज्यापू काउली ५६ रुपैयाँ र फुजी स्याउ २९० रुपैयाँ रहेको छ । 

Skip This
Skip This
Logo