राष्ट्रिय झण्डा जलाउनेलाई देशद्रोहीको मुद्दा चलाउन कांग्रेस नेताको माग

राष्ट्रिय झण्डा जलाउनेलाई देशद्रोहीको मुद्दा चलाउन कांग्रेस नेताको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले राष्ट्रिय झण्डा जलाउनेलाई देशद्रोही मुद्दा लगाउन माग गरेका छन् । मंगलबार ट्वीट गर्दै नेता गुरुङले त्यस्तो माग गरेका हुन् । राष्टिय झण्डा जलाउने देशद्रोही भएकाले हिरासतमा लिएर देशद्रोहीकै मुद्दा चलाउनुपर्नेमा उनको जोड छ ।

‘Mongol hop presents को ब्यानरमा देश द्रोहि शिर्षक राखेर राष्ट्रिय झण्डा जलाएको फोटो देखियो’–उनले ट्वीटरमा लेखेका छन्–त्यस्तो फोटो यहाँ राख्न चाहन्न । तथापी राष्ट्रिय झण्डा जलाउनेहरु देश द्रोही नै हुन् । त्यस्ता देश द्रोहीहरुलाई तुरुन्त हिरासतमा लिएर देश द्रोहीकै मुद्दा चलाइयोस् ।’

मंगलबार यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट सार्वजनिक भएको गीतको सुरुअ‌ातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाईएको छ । उक्त भिडियो सामाग्री सार्वजनिक भएपछि व्यापक विरोध भएको छ ।

Skip This
Skip This
Logo