सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चुनावमा जित्न शुभकामना दिएका छन्।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट उठेका कांग्रेस नेता पौडेललाई सोमबार हाँडी गाउँको जात्राको क्रममा भएको भेटमा महानगरका मेयर साह र उपमेयर सुनिता डंगोलले जितको लागि अग्रिम शुभकामना दिएका हुन् ।
पौडेलले आइतबार काठमाडौं–५ बाट मनोनयन दर्ता गरिसकेका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
तर, सो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल तथा स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना र कलाकार मधुसुदन पाठक 'सिते बा'ले पनि मनोनयन दर्ता गराएका छन् ।































प्रतिक्रिया