नेसपाका यी ६ जना माओवादीको चुनाव चिन्हबाट लड्दै

नेसपाका यी ६ जना माओवादीको चुनाव चिन्हबाट लड्दै

केन्द्रबिन्दु
0
Shares

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् ।

नेसपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेसपालाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।

माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई साे पार्टीलाई दिएको छ । जसमा महीन्द्र राय यादव सर्लाही २ र मानुषी यमि भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बनेका छन् ।

यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ । प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन् ।

यसपटक भट्टराई भने उम्मेदवार बनेका छैनन् ।

Skip This
Skip This
Logo