नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा दुई हजार २२२ जनाको नमुना परीक्षण गरिएकोमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ३५ जनामा पिसिआर र ९ जनामा एन्टीजेन विधिबाट संक्रमण देखिएको हो ।
यस अवधिमा २९ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको तथ्यांक उपलब्ध छैन । हालसम्म नेपालमा १२ हजार १८ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
हाल देशभरमा ५७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया