पाकिस्तानमा १५ वर्षीया हिन्दु बालिकाको अपहरण, १५ दिनमा चौथो घटना

पाकिस्तानमा १५ वर्षीया हिन्दु बालिकाको अपहरण, १५ दिनमा चौथो घटना

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको सिन्ध प्रान्तको हैदराबाद सहरमा एक १५ वर्षीया हिन्दु बालिकाको अपहरण भएको छ । केहीदिन अघि मात्रै तीन हिन्दु महिलालाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म अपनाउन लगाइएकाे थियो । 

अपहरणमा परेकी बालिकाका परिवारका अनुसार चन्द्रा मेहराजलाई हैदराबादको फतेह चोक क्षेत्रबाट अपहरण गरिएको हो । त्यतिबेला उनी घर फर्कँदै थिइन् । प्रहरीले उजुरी दर्ता गराएपनि बालिका पत्ता लाग्न सकेकी छैनन् । 

यसअघि सेप्टेम्बर २४ मा नसरपुर क्षेत्रबाट १४ वर्षीया मीना मेघवार अपहरणमा परेकी थिइन् । साथै मिरपुर खासमा पनि अर्की एक बालिका अपहरणमा परेकी छन् ।

पाकिस्तानको जनसंख्याको ३.५ प्रतिशत हिन्दू वा अन्य अल्पसंख्यक छन्। गत वर्ष संसदीय समितिले देशमा जबर्जस्ती धर्म परिवर्तनविरुद्धको मस्यौदा अस्वीकृत गरेको थियो ।

सोही सहरमा रवि कुर्मी नामका एक हिन्दूले आफ्नी श्रीमती राखीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गराउन लगाइएकाे आरोप लगाएका थिए । उल्टो, राखीले इस्लाम धर्म अपनाएर अहमद चण्डियो नामक व्यक्तिसँग राजीखुसी विवाह गरेको प्रहरीले दाबी गरेको थियो ।

Logo