युरोपको सहरी क्षेत्रको सडकमा सन् १९६० तिर गुड्ने बबल कारको पुनः आगमन भएको छ ।
अनौठो अन्डा आकारको सो कारलाई स्विस इलन मस्क भनिने स्कुटर टाइकुन विम आउबोटरले रिडिजाइन गरेका हुन् । यस पटक सो माइक्रोलिनो बबल कार इलेक्ट्रिक भर्सनमा आएको छ ।
८ फिट लामो र ५ फिट फराकिलो सो कारको पार्किङका लागि स्पेस थोरै भए पुग्ने कम्पनीले जनाएको छ । यसको डिजाइन ओरिजिनल इसेटा बबल कारबाट प्रभावित छ ।
पहिलो ५ सय युनिट माइक्रोलिनो बबल कार यो वर्ष जर्मनी, इटाली र स्विजरल्यान्डमा बिक्री गरिने छ । कम्पनीका अनुसार यसको मूल्य १३ हजार २ सय स्टर्लिङ पाउन्ड राखिएको छ ।
आउबोटरले सन् १९९७ देखि यता ५० मिलियन लाइटवेट माइक्रो स्कुटरहरू बेचिसकेका छन् ।































प्रतिक्रिया