‘देउवाको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत देखिएन’

‘देउवाको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत देखिएन’

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ।

उनको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

‘उम्मेदवारविरूद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरूद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन।’

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

देउवाको नागरिकता र मतदाता नामावलीमा फरक/फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए। देउवाको उम्मेदवारीविरूद्ध उजुरी दिने मल्ल कांग्रेसका पूर्व डडेल्धुरा सभापति हुन्।उनी वि.सं २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै कांग्रेस बिपीको चुनाव चिन्हबाट आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो।

अहिले कांग्रेस बिपीका वरिष्ठ उपसभापति रहेका मल्लले प्रधानमन्त्री देउवाविरूद्ध उम्मेदवारी दर्ता गरेका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

Skip This
Skip This
Logo