लक्ष्मण चौधरीको उम्मेदवारी बदर

लक्ष्मण चौधरीको उम्मेदवारी बदर

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी बदर भएको छ । 

थारूले वारेसनामामार्फत आइतबार कैलाली क्षेत्र नम्बर–५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट  उम्मेदवारी दर्ता गराएका थिए । तर, स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै दिएको उजुरीमा सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी बदर हुने फैसला गरेको हो । 

टीकापुर घटनामा मुछिएका थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् ।

Skip This
Skip This
Logo