२२ बोरा मरेका कुखुराको मासु बेच्न राख्ने मिटमार्टलाई ३ लाख जरिवाना

२२ बोरा मरेका कुखुराको मासु बेच्न राख्ने मिटमार्टलाई ३ लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा काठमाडौंमा २२ बोरा मरेका कुखुराको मासु बिक्रि गर्न लुकाएर राखिएको भेटाएको छ।

विभागको अनुगमन टोलीले काठमाडौं महानगरको वडा नम्बर ३१, भीमसेनगोलामा रहेको बीएण्डबी मिटमार्टले २२ बोरा मरेका कुखुरा बिक्री गर्न लुकाएर राखेको भेटेको हो।

यसरी उपभोक्तालाई गुणस्तरहीन मासु बेचेको भेटिएपछि उक्त पसलका सञ्चालकलाई ३ लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ।

Skip This
Skip This
Logo