साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । सोमबार र मंगलबार लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३६ अंकले वृद्धि भएर १ हजार ८६६ दशमलव ५२ अंकमा पुगेर रोकिएको हो ।
आज म्युचल फन्ड र व्यापार उपसूचकबाहेक सबै बढेका छन् । नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ । बजारमा दुई सय २३ वटा कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ ।





























प्रतिक्रिया