कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

केन्द्रबिन्दु
0
Shares

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो ।

कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको भन्दै उनी बागी उम्मेदवार बनेका थिए । 

कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन् । राय २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए ।

Skip This
Skip This
Logo