जर्मनीको मार्टिन लुथर युनिभर्सिटीका वैज्ञानिकहरूले लामखुट्टे भगाउने थ्रीडी प्रिन्टेड औँठीको आविस्कार गरेका छन् । जसलाई लगाउँदा लामखुट्टे र साना कीराहरू लामो समयसम्म टाढा रहन सक्छन्।
युनिभर्सिटीका प्रोफेसर रे एन्ड्रोशका अनुसार वैज्ञानिकहरूले यस औंठीको प्रोटोटाइपमा प्रसिद्ध लामखुट्टे भगाउने पदार्थ आईआर–३५३५ को प्रयोग गरेका छन्। यसबाट निस्कने एन्टि लामखुट्टे स्रावले छालालाई कुनै हानी गर्दैन।
इन्टरनेशनल जर्नल अफ फार्मास्युटिकल्समा प्रकाशित अनुसन्धानका अनुसार वैज्ञानिकहरूले बायोडिग्रेडेबल पोलिमरमा रहेको लामखुट्टेलाई नियन्त्रण गर्न विशेष थ्रीडी प्रिन्टिङ प्रविधि प्रयोग गरेका थिए। टोलीको फोकस एउटा वस्तुको विकासमा थियो जसले सजिलै लामखुट्टेलाई टाढा राख्न सक्छ, जस्तै, लगाउन मिल्ने औंठी वा ब्रेसलेट।
धेरै परीक्षणहरू पछि टोलीले ३७ डिग्री सेल्सियस शरीरको तापक्रममा एन्टी–लामखुट्टे तरल पदार्थ फैलिन एक हप्ता भन्दा बढी लाग्ने अनुमान गरेको छ।





























प्रतिक्रिया