नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही

नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ती जारी कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क)का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख)का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् ।

कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् ।

‘नागरिक उन्मुक्ति पार्टीकोविरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

Skip This
Skip This
Logo