जापानका प्रधानमन्त्री अस्पताल भर्ना

जापानका प्रधानमन्त्री अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

टोकियो ।

जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन्। उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन्।

क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ । प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उनले चेतावनी दिइएको छ।

तर उनकै कतिपय सहयोगी तथा मन्त्रिपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भए जस्तो नभएको उल्लेख गरेका छन् ।

“उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भए जस्तो लाग्दैन,” सरकारको मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भने ।रासस

Skip This
Skip This
Logo