बेलायतमा बढ्दो राजनीतिक संकटका बीच प्रधानमन्त्री लिज ट्रसको कुर्सी खतरामा पर्ने देखिएको छ । ट्रस एक महिना अघि मात्र प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । जनतालाई गरेको हरेक वाचाबाट पछि हटेको कारण उनको कुर्सी खतरामा परेको चर्चा छ ।
बेलायतको कन्जरभेटिभ पार्टीकी विद्रोही नेता ट्रसलाई पार्टीको नेता र प्रधानमन्त्रीबाट हटाउने योजनामा रहेको खबर पनि छ । यसमा प्रतिद्वन्द्वी ऋषि सुनकको क्याम्पका सदस्यहरु पनि संलग्न रहेको चर्चा छ ।
राजनीतिक संकटबाट बच्नको लागि ट्रसले मिनी बजेट तोड्नेदेखि वित्तीय बजारमा अशान्ति ल्याउनुका साथै अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई कन्जरभेटिभ नेता जेरेमी हन्टको साथ चान्सलरको रूपमा बदलिएकी छिन् । यति मात्र होइन, लिजले क्वार्टेङ्गलाई पदबाट बर्खास्त समेत गरेकी छिन् ।
अब प्रधानमन्त्री ट्रसको विश्वसनीयता कायम नै हुन्छ कि उनले कुर्सी गुमाउँछिन्, त्यो हेर्न बाँकी नै छ ।































प्रतिक्रिया