सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार गुरूङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हो । साथै, इजलासले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।
गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले गत मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनले क्षेत्राधिकार मिचेर निर्णय गरेको भन्दै उम्मेदवारी कायम राख्न मागसहित सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।





























प्रतिक्रिया