काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी नभएको बताएका छन् । सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठ सो कुरा बताएका हुन् । साथै सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन समेत गरेको छ ।
त्यस्तै कोरोना भाइरस विरुद्ध लड्न प्लाज्मा थेरापी सक्षम नै छ भन्ने ठोस वैज्ञानिक आधार तयार भइसकेको छैन । तर प्लाज्मा दिइएका करिब ३५ हजार बिरामीको प्रारम्भिक तथ्याँक विश्लेषण गर्दा निकै सकारात्मक प्रभाव देखिएको मायो क्लिनिकका मुख्य अनुसन्धाता डा. माइकल जोयनरले बताएका छन् ।
देशका विभिन्न ८ वटा जिल्लामा कोरोना संक्रमितको संख्या १ हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंसहित महोत्तरी, धनुषा, सर्लाही, रौटहट, पर्सा, कैलाली र मोरङमा १ हजारभन्दा बढी संक्रमित फेला परेका हुन् ।
त्यस्तैगरी नेपाल राष्ट्र बैंकले आजदेखि पुर्नकर्जा योजना लागू गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरसले क्षति पु¥याएका विभिन्न क्षेत्रलाई राहतका रुपमा पुर्नकर्जा उपलब्ध गराउन सुरु गरेको हो ।
नेपालका १४ जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् भने ३१ जिल्ला जोखिममा रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत जिल्लाहरु पहिरोको उच्च जोखिममा परेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया