इरानमाथि प्रतिबन्ध लगाइयोस् -युक्रेनी विदेशमन्त्री

इरानमाथि प्रतिबन्ध लगाइयोस् -युक्रेनी विदेशमन्त्री

केन्द्रबिन्दु
0
Shares

युक्रेनी विदेशमन्त्री दिमित्रि  कुलेबाले इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग आह्वान गरेका छन् । राजधानी किभमा कामिकाजे ड्रोनको झुण्डले आक्रमण गरेको केही घण्टापछि विदेशमन्त्री कुलेबाले यस्तो आह्वान गरेका हुन् । 

हमलामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ । रुसलाई ड्रोन उपलब्ध गराएको भन्दै उनले इरानमाथि प्रतिबन्ध लगाउन ईयुलाई आह्वान गरेका हुन् ।

‘हवाई आक्रमणको साइरनका कारण बम आश्रयबाट इयुलाई सम्बोधन गर्ने म सायद पहिलो विदेशमन्त्री हुँ । इयुसँग थप हवाई रक्षा र बारूद आपूर्तिका लागि अनुरोध गर्छु । रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गर्छु । रुसमाथि ९औँ प्रतिबन्ध प्याकेज बलियो हुनुपर्छ ’, उनले ट्वीट गरेका छन् ।

युक्रेनको राजधानी किभमा भएको ड्रोन हमलाको पश्चिमा देशहरुले निन्दा गरेका छन् । –एजेन्सी

Skip This
Skip This
Logo