माधव नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगकाे निर्देशन

माधव नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगकाे निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । 

रौतहटमा अध्यक्ष नेपालले आफूले चुनाव जिते मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले  कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो । 

आगामी निर्वाचनका लागि प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर–१ बाट उमेदवार रहेका नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिल्ते हे, काठमाडौंमे तलिम मिल्ते है’ भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले छानबिन थालेको थियो । सो अभिव्यक्ति उनको होइन भन्ने कुनै प्रमाण नभेटिएपछि आयोगले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र लेखेको हो ।  

आयोगकाे पत्र-

 

Skip This
Skip This
Logo