होण्डाले ल्यायो तिहार एक्सचेन्ज महोत्सव उपहार योजना

होण्डाले ल्यायो तिहार एक्सचेन्ज महोत्सव उपहार योजना

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले “तिहार एक्सचेन्ज महोत्सव” नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

होण्डा टु व्हीलर्सकाे आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप रू. ७ हजार वा दशैं-तिहार योजना रोज्न सक्ने जनाएको छ । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ पाउने छन् ।

याे योजना कात्तिक ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ । यस उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

Logo