बेलायती प्रधानमन्त्री लिजले दिइन् राजीनामा

बेलायती प्रधानमन्त्री लिजले दिइन् राजीनामा

केन्द्रबिन्दु
0
Shares

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । पद सम्हालेको छोटो समयमा नै लोकप्रियता घटिरहेका बेला लिजले बिहीबार राजीनामा दिएकी हुन् ।

४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो । उनले बुधबार मात्रै संसदमा सम्बोधन गरेकी थिइन् । 

अब नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुने छ । तर, अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहने छिन् । उनले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। 

Skip This
Skip This
Logo