नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा थापा

नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा थापा

केन्द्रबिन्दु
0
Shares

गीतकार तथा निर्देशक हिरा काजी थापा  नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा निर्मातासमेत रहेका थापालाई महासचिवमा चयन गरेको हो । 

सोसाइटीले  विज्ञप्ति जारी गर्दै कार्यकारी पूर्व महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश भएसँगै उक्त रिक्त पदमा निर्देशक थापालाई चयन गरिएको जनाएको छ । कार्यकारी पूर्व महासचिव मनसुधन सह सचिव पदमा यथावत रहने विज्ञप्तिमा उल्लेख छ । 

नवनियुक्त  महासचिव थापा लामो समयदेखि बेलायतमा रहेर नेपाली गीत संगीत र कला क्षेत्रमा सक्रिय  छन् । गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ, नबिन के भट्टराईको स्वरमा रहेको सायद तिमी नै हौ मेरो दिलको धड्कन, पहिलो नेपाल आइडल विजेता गायक बुद्ध लामाको स्वरमा रहेको के छ खबर, लगायत सैयौँ गीतहरु बजारमा आइसकेका छन् ।

हाल बेलायतमा रहेका थापा नयाँ चलचित्र निर्देशनका लागि कात्तिकमा नेपाल आउँदैछन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ । जसको हाल स्क्रिप्टको काम भइरहेको निर्देशक थापाले जानकारी दिए ।

Skip This
Skip This
Logo