लमजुङमा पहिरो पिडितले नयाँ घर पाए

लमजुङमा पहिरो पिडितले नयाँ घर पाए

केन्द्रबिन्दु
0
Shares

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरो पीडितले  नयाँ घर पाएका छन् । 

दुई वर्षदेखि विस्थापित यहाँका १८ घर परिवार कोही आफन्तको सहारा र कोही त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका थिए ।  उनीहरूका लागि अर्खले बेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

 गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खले बेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरेको छ । 

 ०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार  नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन् ।

गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याएको थियो । 

Logo