ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्री बनेका हुन्।
राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ४२ वर्षीय सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन् । उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। साथै दुई शताब्दीको अवधिमा उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सुनकले मंगलबार देशका नाममा सम्बोधन पनि गरेका छन् । जसक्रममा उनले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रुस-युक्रेन युद्धलाई 'डरलाग्दो युद्ध'को संज्ञा दिँदै उनले यसको सफल निष्कर्ष निकाल्नु पर्ने बताएका हुन् ।
साथै उनले आफ्ना पूर्ववर्तीले गरेका केही गल्तीहरू सुधार्ने काम तत्काल सुरु हुने बताएका छन्। उनले भने, "हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।" उनले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका अभूतपूर्व उपलब्धिहरूप्रति सधैँ धन्य रहने समेत बताए।





























प्रतिक्रिया