काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक सोमबार बस्न लागेको हो । पार्टीभित्रको विवाद सम्य पार्न भन्दै गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
त्यस्तै भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । ३९ वर्षिय धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले संन्यास लिने निर्णय गरेको बताएका हुन् । यसैगरि अर्का राष्ट्रिय खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् । आइतबार संवाददातासँग कुराकानी गर्र्दै मन्त्री थापाले त्यस्तो अपील गरेका हुन् ।
त्यस्तैगरी जेठ ३१ देखि सुरु भएको मनसुनले साउन ३१ सम्मको दुई महिनाको अवधिमा ठूलो मानवीय क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार जेठ ३१ देखि साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढी पहिरो र चट्याङबाट २ सय ३१ को मृत्यु, ७७ बेपत्ता र २ सय ८ जना घाइते भएको जानकारी दिए ।
भोलि अर्थात भदौ १ गतेदेखि लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिने भएको छ । भोलिदेखि विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई पाँचौ चरणको उद्धार गर्न लागिएको हो । यसक्रममा अगष्ट ३१ सम्म ४० भन्दा बढी उडानमार्फत उनीहरुलाई स्वदेश फर्काइने छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया