समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक  गरेको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो । 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । 

Skip This
Skip This
Logo