प्रजातान्त्रिक योद्धा यादवको निधन

प्रजातान्त्रिक योद्धा यादवको निधन

केन्द्रबिन्दु
0
Shares

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ ।

महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो । पञ्चायती व्यवस्थाका विरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उहाँ प्राजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए । पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो ।

उनको निधनमा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आफू विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा पार्टीमा जोडिएको स्मरण गरे । सभापति यादवले र  नेकपा (एमाले)का जिल्ला अध्यक्ष कालीचन्द्र साहले आज शोक विज्ञप्ति नै प्रशारित गरी स्व. यादवप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

Skip This
Skip This
Logo