शिक्षामन्त्री प्रधानको राजीनामापछि वाङचुकको प्रतिक्रिया- ‘लोकतन्त्र र युवाको जित’

शिक्षामन्त्री प्रधानको राजीनामापछि वाङचुकको प्रतिक्रिया- ‘लोकतन्त्र र युवाको जित’

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सामाजिक अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक प्रक्रियाको सफलता भएको बताएका छन्। उनले यो निर्णयलाई जनदबाब र शान्तिपूर्ण आन्दोलनबाट आएको परिणामका रूपमा व्याख्या गरेका छन्।

वाङचुकले कक्रोच जनता पार्टी (सीजेपी), जेनजी समूह तथा देशभरका नागरिकहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। उनले आन्दोलनमा सहभागी सबै पक्षको धैर्य, अनुशासन र निरन्तर प्रयासका कारण यो उपलब्धि हासिल भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यो लोकतन्त्रको जित हो। यो प्रत्यक्ष लोकतन्त्रको उदाहरण हो, जुन सडकबाट उठेको आवाजका रूपमा आएको छ। यो शान्ति, धैर्य र दृढ सङ्कल्पको परिणाम हो।’

वाङचुकले सीजेपी र जेनजी समूहलाई बधाई दिँदै डर र दबाबको सामना गर्दै देशभरबाट आवाज उठाउने नागरिकप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले अबको आवश्यकता जवाफदेहितापछि सुधारतर्फ अघि बढ्नु रहेको बताएका छन्।

Logo