देउसी खेल्न गएका ४१ वर्षीय सुकमान गोलेको लडेर मृत्यु

देउसी खेल्न गएका ४१ वर्षीय सुकमान गोलेको लडेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

 

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-१, बाघचौरमा देउसी खेल्न गएका एक जनाको लडेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा बाघचौरमा ४१ वर्षीय सुकमान गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। गोले देउसी खेल्दै अर्को घरमा जाने क्रममा बाघचौरको भीरबाट लडी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। 

Skip This
Skip This
Logo