साइक्लिङले पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको छ : गृहमन्त्री खाण

साइक्लिङले पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको छ : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

भैरहवा गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन् ।

रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा गृहमन्त्री खाणले हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लिङले सहयोग पुग्ने बताए । साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो ।

‘एकातिर पर्यटन प्रवर्द्धन हुन्छ भने अर्कोतिर  बढ्दो वायुप्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ खाणले भने, ‘यस्तो महत्वपूर्ण साइक्लिङलाई सबैले सम्वर्द्धन र  प्रवर्द्धन गर्नुपर्छ ।’ गृहमन्त्री खाणले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सरकारले साइकल लेन बनाउन बजेट विनियोजन गर्न कुनै कन्जुस्याइँ नगर्ने जनाए । 

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा –मानुङकोटको) चार दिने साइकल यात्रा’ को  सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले बताए ।

उनका अनुसर भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुको मानुङकोट पुग्ने छ  । यात्रामा १६ जना साइकल यात्री सहभागी रहेका छन् ।

Skip This
Skip This
Logo