कुराभन्दा काममा विश्वास गर्छु -त्रिलोकीप्रसाद चौधरी

कुराभन्दा काममा विश्वास गर्छु -त्रिलोकीप्रसाद चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट बारा क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार त्रिलोकीप्रसाद चौधरीले आफूलाई जनताले दिएको जिम्मेवारीलाई दिनरात नभनी पूरा गरेको बताएका छन् ।

२०७४ मा जनताले निर्वाचित गरेर पठाएपछि जनताकै चाहनाअनुरुप यस क्षेत्रको निम्ति ज्येष्ठ नागरिकदेखि, विभिन्न जाति, पिछडा वर्ग, अपाङ्गता भएको व्यक्ति, महिला, सिमान्तकृत समुदाय, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा पर्यटनलगायत क्षेत्रमा काम गरेको भन्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको हुँदा भोलिवादमा विश्वास नगर्ने बताए ।

आफूले जनताले देखिने गरि चुस्त दुरुस्त ढंगबाट काम गर्न पहल गर्ने उनकाे भनाइ छ । 

‘यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवज ठुलो हुदो रहेछ, प्रचारप्रसार गरेर साने कामलाई पनि ठुलो काम गरेको भन्नेको भिड छ । मलाई अचम्म लाग्छ, मैले गत ५ वर्षमा निकै काम गरेँ । तर,  प्रचारप्रसारमा ध्यान दिइँन, यो मेरो कमजाेरी रह्यो,’ चौधरी भन्छन्, 'मैले यसअघिको कार्यकालमा गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । त्यो सबैले देख्नुभएको छ ।'

प्रदेशसभा सदस्यका उम्मेदवार चौधरीले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने बताए । आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा मुख्य रुपमा यो पटक काम गर्ने उनले बताए ।

Skip This
Skip This
Logo