दार्चुला घटनामा नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

दार्चुला घटनामा नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

केन्द्रबिन्दु
0
Shares

भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार नेपालस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताएका छन् । गृह मन्त्रालयले शनिबार सो घट्नाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।

यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo