तोसिमा कार्कीले सर्वोच्चमा गराइन् रिट दायर, पेसी मंगलबार

तोसिमा कार्कीले सर्वोच्चमा गराइन् रिट दायर, पेसी मंगलबार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । 

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सोमबार डा. कार्कीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । प्रारम्भिक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ । 

आयोगले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । 

नियमित तलब नपाइने भए पनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । 

Skip This
Skip This
Logo