नेपालमा पश्चिमी वायुको प्रभाव: यी ठाँउमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: यी ठाँउमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।

Logo