‘नेताहरूको अदूरदर्शीले गौतमबुद्ध विमानस्थलमा समस्या आयो, अब बैंकमा ताला लगाउनुपर्छ’

‘नेताहरूको अदूरदर्शीले गौतमबुद्ध विमानस्थलमा समस्या आयो, अब बैंकमा ताला लगाउनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागि आफूहरु कर असुल्ने ठाउ मात्रै रहेको भन्दै दुखेसाे पाेखेका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल हालेर बसेको आरोप लगाएका हुन् ।

संयुक्त निर्वाचन प्रचार प्रसार समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा पर्यटक आगमनमा सीमा लगाउने, एयरपोर्टमा अर्बौं लगानी गरेर संचालनमा नल्याउने, निजी क्षेत्रले ऋण लिएर केही गर्न खोज्दासमेत बैंकले शोषण गर्ने, कच्चा पदार्थ ल्याउनुभन्दा तयारी बस्तु ल्याउँदा कम भन्सार लगाउने जस्ता नीति रहेकाे र यसले नै आर्थिक संकटको सुरुवात भएको उनीहरुको भनाइ छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सृजना भएको बताए । उनले भैरहवामा जतिसक्दो छिटो आईसीपी बनाउनुपर्ने, बैंकिङ ब्याजदर तत्काल घटाउनु जरुरी रहेको बताए ।

उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले नेपाल आउने सामानको भन्सार नगरे पनि सीमाविन्दुमा लेखाजोखा राखे पनि केही हदसम्म नियन्त्रण हुने, सरकार नै उद्योगी व्यवसायीलाई धरासायी बनाउनेतर्फ लागेकोले अब सरकारविरुद्ध आन्दोलन गरी बैंकहरुमा समेत ताला लगाउनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै नेपाल होटल एशाेसियनका चन्द्र प्रकाश श्रेष्ठले बैंकले ८ प्रतिशतमा दिएको ब्याज १८ प्रतिशतमा पुर्‍याउनु शोषण नै रहेकाे भन्दै यसमा पनि सरकारकाे मिलामताेकाे आश‌ंका गरे । 

गैसस महासंघका केन्द्रीय सदस्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी  संगठन रुपन्देही अध्यक्ष बिस्नु न्यौपाने, मदिरा  व्यवसायी संघका अध्यक्ष केशवराज ज्ञवाली, ट्रान्सपोर्ट व्यवसायी रामकृष्ण लोहनी, व्यवसायी  नेत्रप्रसाद आचार्यलगायतले देशमा आर्थिक सुशासनमा जाेड दिए । 

Skip This
Skip This
Logo