लगातारको वर्षाले ताजाँकोटमा ठूलो क्षति, ३०० घरधुरी विस्थापित

लगातारको वर्षाले ताजाँकोटमा ठूलो क्षति, ३०० घरधुरी विस्थापित

केन्द्रबिन्दु
0
Shares

हुम्ला ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी विस्थापित भएका छन् । लगातार परेको अविरल वर्षाका कारण ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेस जैशीका अनुसार अविरल वर्षाका कारण ३०० घरधुरी विस्थापित भएका छन् भने ३० घरमा बढी क्षति पुगेको छ । वडा नं ३ र ४ मा रहेका सार्वजनिक संस्था, विद्यालय भवन, वडा कार्यालयसमेत भत्काएको अध्यक्ष जैशीले जानकारी दिए । चन्द्रप्रकाश मावि भदालदीपु, जनप्रकाश निमावि काडागाउँ, रामदेव निमावि रामागाउँमा रहेका तीन विद्यालय भवनमा एक महिना लगातार परेको अविरल वर्षाले क्षति गरेको अध्यक्ष जैशीले बताए।

यस्तै उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्रा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ । अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् । स्थानीयस्तर र जिल्ला तहबाट सबै प्रक्रिया पूरा भएको अध्यक्ष जैशीको भनाइ छ ।

सङ्घ र प्रदेश सरकारले तत्काल राहत र उद्धारको व्यवस्था गर्ने तयारी गरेको उनको भनाइ छ । मानवीय क्षति अहिलेसम्म नभएको पनि क्षति हुनबाट जोगाउन सबै पक्ष जुट्नु पर्ने देखिएको छ ।रासस

Skip This
Skip This
Logo